२२ करोडभन्दा बढीको भ्रष्टचार मुद्दा लागेका नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बनमा, उपमेयर बनिन् कार्यवाहक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १५, सोमबार (४ महिना अघि)
  • ८७ पटक पढिएको
२२ करोडभन्दा बढीको भ्रष्टचार मुद्दा लागेका नागार्जुनका मेयर बस्नेत स्वतः निलम्बनमा, उपमेयर बनिन् कार्यवाहक

पौष १५, काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत स्वतः निलम्बनमा परेका छन् । मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बनमा परेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टीपंक्तिमा तरङ्ग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागर्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् ।

मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले जानकारी दिए । मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस