पौष १६, काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । हालै सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टी दर्ता गरेर ०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
ूआगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ ।