पौष १६, काठमाडौँ । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरिएको छ ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कांग्रेसबाट दिनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीबाट माधव सापकोटा, रास्वपनबाट निशा डाँगी र राप्रपाबाट बिना लामा सदस्य छन् ।
समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए ।