निजामति सेवामा १४ औं तहसम्म राख्ने सहमति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन १, बिहिबार (३ महिना अघि)
  • ६५ पटक पढिएको
निजामति सेवामा १४ औं तहसम्म राख्ने सहमति

फागुन १, काठमाडौँ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो ।

जस अनुसार निजामति कर्मचारी सेवामा चौधौं तह रहने भएको छ । बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुने वित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए । सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरे पनि मात्रै गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए । उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिमा परेको उजुरीहरू अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस