टनकपुर बाँधबाट नेपालतर्फ पानी छाड्ने सहमति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ५१ पटक पढिएको
टनकपुर बाँधबाट नेपालतर्फ पानी छाड्ने सहमति

फागुन २, काठमाण्डौँ ।  ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका छन् । उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारे अन्तिम टुंगो लगाउने छलफल पनि भएको जानकारी दिए ।

उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । दुई देशबीचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२–२४ फेब्रुअरीमा छलफल गर्ने सहमति भएको बताए । दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०-५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा द्विविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस