देउवा निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठक

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ६० पटक पढिएको
देउवा निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठक

फागुन २, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुको वैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।

उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस