बेलुन विस्फोट: अर्थमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ३, शनिबार (२ महिना अघि)
  • ७८ पटक पढिएको
बेलुन विस्फोट: अर्थमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

फागुन ३,काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिनेछ ।

प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लैजान लगिएको हो ।’

यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस