प्रचण्डलाई सांसद विष्टको जवाफ : लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकार मात्र डुब्दैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २७, मंगलबार (२ महिना अघि)
  • ६७ पटक पढिएको
प्रचण्डलाई सांसद विष्टको जवाफ : लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकार मात्र डुब्दैन

फागुन २७, काठमाण्डौँ ।  सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकार मात्र नडुब्ने गणतन्त्रवादी सबै डुब्ने जवाफ दिएका छन् । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै उनले सबै कुराको जिम्मेवारी सात–आठ महिने सरकारको काँधमा मात्रै राखेर समग्रतामा आफू उम्कन नमिल्ने टिप्प्णी गरेका हुन्।

सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा दिएको अभिव्यक्तिको खण्डन गरेका हुन् । विष्टले विगतमा त्यस्ता प्रवृत्तिका व्यक्तिसँग उठबस गर्ने गरेकैले गर्दा प्रचण्डलाई यस्तो भान परेको हो कि भनी आशंका गरे । ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ,’ विष्टले संसद्मा भने, ‘सर्पले सर्पको खुट्टा देख्छ भनेझैं उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ?’

‘आज देशमा बेरोजगारी, बढेको छ, देशमा निराशा पनि पैदा भएको छ । आज सुशासनका मामिलामा केही प्रश्नहरू पनि पैदा भएका छन् । तर यी सबै कुराको जिम्मेवारी सात–आठ महिने सरकारको काँधमा मात्रै राखेर समग्रतामा के उहाँ उम्कन मिल्छ र ! आज गणतन्त्र र लोकतन्त्रलाई सफल बनाउन चाहने शक्तिहरू हामी एउटै ढुंगामा यात्रा गरिरहेका छौं । आज हामी एकातिर एउटै डुंगामा यात्रा गरिरहेका छौं । तर अर्कोतिर यात्रा गरिरहेको डुंगामा प्वाल पार्नुभयो भने केवल सरकारमा रहने दलहरू मात्रै डुब्ने छैनन्, सबै डुब्नुपर्छ भन्ने कुरालाई उहाँले हेक्का राख्नुपर्छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस