प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २, शुक्रबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

जेठ २, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा शुक्रबार बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिनेछन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार नै सकिने छ । गएको वैशाख ३० गतेदेखि यो प्रस्तावमा छलफल भइरहेको छ ।

सांसदले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

यस्तै प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको त्रिहत्तरौँ बैठक पनि बस्दैछ । बैठक बिहान ८ बजेको लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस