निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ २, शुक्रबार (१ महिना अघि)
  • ९१ पटक पढिएको
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित

जेठ २,काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।

विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् ।

उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एकरएक वर्ष गरी गरिने छ ।

त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आजको समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।

विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस