‘सगरमाथा संवाद’का विदेशी पाहुना उच्चस्तरिय भेटवार्तामा

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २, शुक्रबार (१० घण्टा अघि)
  • ५० पटक पढिएको
‘सगरमाथा संवाद’का विदेशी पाहुना उच्चस्तरिय भेटवार्तामा

जेठ २, काठमाडौं । सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाले उच्चस्तरिय भेटवार्ता गर्ने क्रम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज दिउँसो विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसर र बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको दुबै भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छुट्टा छुट्टै भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए । हिजो बेलुकी मात्रै प्रधानमन्त्री ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले भेटेका थिए ।

यस्तै प्रधानमन्त्री ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले पनि शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकोमा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिए । उनले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बंगलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गरे ।

यता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि भारतका वनमन्त्री यादवसँग भेट गरेकी छन् । उनीहरुबीच कार्यक्रममा ‘साइडलाइन’ भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पनि भारतका वनमन्त्री यादवबीच भेटवार्ता भएको छ । उनीहरुबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वन सचिव डा राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस