जेठ १२, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजावादी समुहको आन्दोलनलाई लिएर प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाण्डौँ एमालेको कब्जामा हुनुपर्ने भनेपछि आयोगले ध्यानाकर्षण गराएको हो ।
आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको यस्तो उत्तेजनात्मक भनाइले लोकतान्त्रिक मूल्य र मानव अधिकारको मर्यादा कमजोर पार्ने बताए । उक्त भनाइ विधिको शासन विपरित भएको पनि आयोगले जनाएको छ ।
नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति नाम दिएर जेठ १५ गते काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ । यही कार्यक्रमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति विवादमा परेको हो ।
आयोगले राजनीतिक नेतृत्वलाई संयमित रहन, उत्तेजक र विभाजनकारी अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले सुरक्षा निकायलाई राजधानी लगायतका ठाउँमा शान्ति र सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरेको छ ।
साथै, संयुक्त जनआन्दोलन समितिको गतिविधि शान्तिपूर्णरूपमा अगाडि बताउन पनि अनुरोध गरेको छ ।