‘गोरे’लाई पूर्पक्षका लागि थुनामा राख्न आदेश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गोरेको बयान सकिएपछि भएको थुनछेक बहसमा अदालतले उप्रेतीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गोरेले दिएको बयान र सुन तस्करीको अभियोगमा पक्राउ परेका अरु अभियुक्तले दिएको बयान केही फरक परेपछि उनको बयान लम्बिएको थियो ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग, अवैध तस्करी र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । गोरेलाई प्रहरीले गएको हप्ता काठमाडौँको गौरीघाटबाट पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस