पहिरोमा परि ज्यान गुमाएका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २६,काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले ओखलढुंगाको मोलुङ गाउँपालिका–८, मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

गएको भदौ १३ गते राति पहिरोमा परि मृत्यु भएका पूर्णबहादुर राईका छोराछोरीलाई २ लाख ६ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो । मृतक पूर्णबहादुरले गएको असारमा १ लाखको जीवन बीमा गरेका थिए । उनले पहिलो किस्ता तिरेकाले क्षतिपूर्तिस्वरुप १ लाख, दुर्घटनाबाट मृत्यु भएकाले १ लाख र १ वर्षको बोनस गरी त्यो रकम हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा कार्यालय ओखलढुंगाले पूर्णबहादुरका दुई छोरी उर्मिला, सुशीला र एक छोरा आशिषलाई संयुक्त रुपमा २ लाखभन्दा बराबरको चेक प्रदान गरेको उपशाखा प्रमुख छवीलाल मगरातीले बताए ।

घटनामा राईसहित उनकी श्रीमती धनकुमारी राई, छोरा अनिश राई र दिदी मित्रमाया राईको ज्यान गएको थियो । पूर्णबहादुरका १३ वर्षीया छोरी उर्मिला राई, ७ वर्षीया छोरी सुशीला राई र ६ वर्षका छोरा आशिष राई मावली घरमा गएकाले पहिरोबाट जोगिएका थिए ।

चिशंखुगढी गाउँपालिका–७, मा रहेको मावलीको संरक्षणमा बस्दै आएका पूर्णबहादुरका छोराछोरीलाई त्यो रकम गाउँपालिकाकी उपाध्यक्ष शुष्मा राई र इन्स्योरेन्सका उपशाखा प्रमुख छवीलाल मग्रातीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस