कम्पनी रजिस्टार कार्यालयकी सहायक रजिस्टार एक लाख घुससहित पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौं । कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थी एक लाख घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पन्थीलाई एक लाख घुस रकमसहित सोमबार नियन्त्रणमा लिएको हो ।

रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पन्थीलाई पक्राउ गरेको हो । रजिस्ट्रार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीको बैंक खातामा राखेको अवस्थामा बैक परिसरबाट नै पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस