त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता, सहचालक पौडिएर बाँचे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ७, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौं । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।

गए राति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन्।

सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस