काठमाडौं उपत्यकासहित देशैभरी वर्षा, कस्तो छ आजको मौसमी अवस्था ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं ।  उपत्यकासहित देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ। काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ।

पश्चिमी वायुको प्रभावले देशैभरी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले पश्चिमी हिमाली क्षेत्रबाट सुरु भएको हिमपात र वर्षा पूर्वतर्फ सर्दै गएको बताइन्।

‘काठमाडौं उपत्यकामा हिजो बेलुकाबाट सुरु भएको वर्षा आज दिनभरी नै जारी रहने सम्भावना छ,’ नगरकोटीले नेपालखबरसँग भनिन्, दिउँसोपख केहीबेर रोकिएपनि साँझबाट पुनः वर्षा हुनेछ। दिनभरी नै मौसम खुल्दैन।’

नगरकोटीका अनुसार आज पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ। पश्चिममतिर पनि मौसम खुल्ने संभावना छैन।

ताजा अपडेट

खोजी गर्नुहोस