एक महिनामै काठमाडौंबाट ११५ चोर समातिए, चोरी कार्यमा युवती पनि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौं । प्रहरीले एक महिनाभित्र काठमाडौं उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेशनमा उनीहरु पक्राउ परेका छन्।

पक्राउ पर्नेमा युवती एक दर्जनभन्दा वढी छन्। उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए।

परिसर प्रमुख एसएसपी वसन्त लामाले पाकेटमारदेखि चोरीमा सलग्नविरुद्ध प्रहरीले विशेष अपरेशन चलाएको बताए।

पक्राउ परेका धेरै सार्वजनिक बसमा पाकेटमारी गर्ने र दिउँसै घरमा गएर चोर्ने छन्। चोरी गर्नेले एकान्त र सुनसान घरलाई निशाना बनाउने गरेका छन्।

कवाडी सामान संकलन गर्ने नाममा केही भारतीय पनि चोरीमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस