असोज ११, धादिङ । धादिङमा ६६ जनालाई मुसा र किर्ना जस्ता परजीविले टोकेर लाग्ने रोग स्क्रब टाइफसका विरामी भेटिए सँगै महामारि फैलनसक्ने भन्दै सतर्कता अपनाउन आव्हान गरिएको छ ।
प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजनामा धादिङबेसीमा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश कुमार अधिकारी होसियारी नअपनाईए धादिङमा स्क्रब टाइफसले डेङ्गु भन्दा जोखिम निम्तने बताउँदै सतर्कता अपनाउन आव्हान गरेका हुन् ।
हाल नीलकण्ठ नगरपालिकाको वर्डा नं. १२ र सिद्धलेक र नेत्रावती डब्जोङ गाउँपालिकामा देखिएको बताउँदै निर्देशक अधिकारीले आतंकित हुने हैन समयमै रोग पहिचान गरी उपचार गर्नु पर्ने सुझाव दिएका थिए ।
खोप लगाऔँ, रेबिज उन्मूलन गरौँ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा रेबिजका कारण विश्वको ५० प्रतिशत मृत्यु एसिया महादेशमा हुने गरेकाले एसिया महादेश रेबिजको जोखिममा रहेको क्षेत्र बएको तथ्याङक प्रस्तुत गरिएको थियो ।
नेपाल सरकारले रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क गरेकाले जनावरहरुले टोक्ने बितिक्कै स्वास्थ्य संस्थामा जानु पर्ने बताउदै वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. शम्भू प्रसाद ज्ञवालीले ९९ प्रतिशत रेबिज रोग कुकुरबाट सर्ने गरेकाले कुकुर लगायतका जनावरको टोकाइबाट बच्नु र यदि टोकी हालेमा तत्कालै स्वास्थ्य संस्थामा जानु पर्ने बताएका थिए ।
धादिङ पाेस्टसँगको सहकार्यमा