‘एनआरएनए’को नवौँ विश्व सम्मेलन सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन २८, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नवौँ विश्व सम्मेलन मंगलबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

हयात होटलमा हुने विश्व सम्मेलनको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआरएनका समाचार संयोजक चीनर शर्माले जानकारी दिएका छन् ।

मंगलबार विश्व सम्मेलन हुने र बुधबारदेखि महाधिवेश सुरु हुने उनले बताए । महाधिवेशनले आगाभी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ४२ पदाधिकारीलाई एक सय भन्दा उम्मेदवार छन् । विश्वभरका ६० भन्दा बढी देशमा बस्ने गैरआवासीय नेपालीहरु सम्मेलनका लागि आएका छन् ।

नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान हुने र लगत्तै मतगणना सुरु हुने जनाइएको छ । राति १० बजेसम्म नतिजा आउने जनाइएको छ । २५ सयको हाराहारीमा मतदाता रहेका छन् । बिहीबार महाधिवेशनको समापन समारोह हुनेछ ।

समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ । एनआरएनएको नयाँ अध्यक्षका लाग वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस