बागमती प्रदेशसभा : युवालाई आत्मनिर्भर बनाउने कानून ल्याउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, हेटौंडा । बागमती प्रदेशसभामा प्रदेश युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक सामाजिक विकासमन्त्रीको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पेश गरेका हुन् ।

युवाहरुको क्षमता र सीप विकास गर्ने र युवाहरुलाई विकासका लागि सही ढंगले परिचालन गर्ने उद्देश्यले विधेयक ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबारको बैठकमा अन्तरप्रदेश वासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफवार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइएको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रश्नोत्तर कार्यक्रमसमेत भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस