समाजसेवी जगत लामाद्धारा बेलकोटगढीको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

Post Thumbnail

चैत्र १९,नुवाकोट । विश्वभरी कोरोना भाइरस महामारी फैलिरहेको बेला समाजसेवी जगत लामाले बेलकोटगढी नगरपालिकामा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन । सुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापकसमेत रहेका समाजसेवी लामाले बेल्कोटगढी नगरपालिका वडा नम्बर ३ मा अवस्थित कुमरी स्वास्थ्य चौकीलाइ थर्मल थर्मोमिटर , Handle saturation probe, दुइ सेट पिपिई, करिब १५० थान मास्क ७ वटा सेनिटाइजर प्रदान गरेका हुन ।

लामाले सो स्वास्थ्य सामाग्री बेल्कोटगढी–३ का वडा अध्यक्ष जनक घिमिरे र बिपत्त व्यस्थापन समितिको उपस्तिथितमा हस्तारण गरेका थिए । पोलिक्लिनिकले नगरपालिकामा निशुल्क मास्क पनि वितरण गरिरहेको सामाजसेवी लामाले अनलाईनकेन्द्रलाई बताए । उनले नगरपालिकामा रहेका सबै स्वास्थ्य केन्द्रमा कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य समाग्री वितरण गरिने बताए ।

लामाले भने–’नगरपालिकामा रहेका शंकास्पद बिरामीलाई हेरचाह गर्न स्वास्थयकर्मी सुरक्षित हुनपर्छ , स्वास्थ्यकर्मिहरुले बिरामीको सहज किसिमले उपचार गर्ने वातावरण बनाउन म लागि परेको छु ।’ लामाले विश्वभरी माहामारीको रुपमा कोभिड–१९ फैलिरहेको र यो संकटको घडिलाई सबै मिलेर सफलता हासिल गर्नुपर्ने बताए । उनले सरकारले पालना गरेको लकडाउनलाई सबैले पालना गर्दै नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस