हिमाल आरोहणका लागि गएका ३ जना फ्रान्सेली नागरिक बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको असोज १८ गते काठमाण्डौबाट लुक्ला आएका ८ जना फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कविहीन बनेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनिहरुको खोजीका लागि आजदेखि कैलाश एयरको हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । सम्बन्धित ट्रेकिङ कम्पनीले प्रहरीसँगको समन्वयमा खोजी कार्यलाई जारी राखेको जनाइएको छ । एउटै समूहमा गएकामध्ये अन्य ५ जना फ्रान्सेली नागरिक भने सम्पर्कमा रहेको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस