नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, प्रहरी जवान घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ११, बिहिबार (२ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

फागुन ११, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ माझिटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका–११ गेर्खुका विष्णु प्याकुरेल रहेका छन् ।

पिपलटारबाट बट्टारतर्फ जाँदै गरेको बा।प्र।०२–०२२ प २७७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा त्रिशूली अस्पतालमा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका अस्थायी प्रहरी चौकी विदुरमा कार्यरत प्रहरी जवान भीमप्रसाद महत घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस