नुवाकोट बेलकोटगढीमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ फागुन १३, शनिबार (२ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फागुन १३, नुवाकोट । नुवाकोट बेलकोटगढी नगरपालिका ३ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का २२० जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ जाँच गरिएको हो ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई हटब्याग, हर्लिक्स, ब्ल्याङकेट, पछ्यौरा वितरण गरिएको नगरपालिकाका मेयर जगत बहादुर लामाले बताए । मेयर लामाका अनुसार भजन किर्तन र नाचगानका लागि आवश्यक पर्ने हार्मोनियम, मादल र तबला समेत वितरण गरिएको छ । यस्तै देबनाथ पुडासैनीको अध्यक्षतामा ११ सदस्यिय जेष्ठ नागरिक दिवा सेवा केन्द्रको पनि स्थापना भएको छ ।

नगरपालिका प्रमुख जगत बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद बिमला सुवेदीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डित, धुनिबेशि नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य नगरपालिकाको कर्मचारीहरु लगायत स्थानिय नागरिकहरुको सक्रिय सहभागीता रहेको थियो ।
स्वास्थ्य शिविरमा ७०० जना भन्दा बढिको स्वास्थ्य परिक्षण तथा उपचार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस