खोटाङमा सुमार्गीले भने-‘आर्थिक समृद्धिको लागी निजी क्षेत्र र सरकार मिल्नुको विकल्प छैन’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन १३, शनिबार (२ साल अघि)
  • ५५ पटक पढिएको
Post Thumbnail

फागुन १३, खोटाङ । खोटाङ उद्योग बाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटन समारोह सम्पन्न भएको छ । संघका अध्यक्ष उपेनकुमार राईको सभापरित्वमा सप्पन्न कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी बिशेष अतिथि रहेका थिए । सुमार्गीले देश राजनीतिमा मात्रै केन्द्रित भयो अब अर्थनीतिमा केन्द्रित हुन जरुरी रहेको बताए । खोटाङलाई आर्थिक,पर्यटकीय दृष्टिकोणले बलियो बनाउन निजि क्षेत्र,स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकारसंग हातेमालो गर्नुपर्ने उनको धारणा थियो ।

सुमार्गीले आफुले जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिन लागेकोले सहयोग गर्न अपिलसमेत गरेका थिए । सुमार्गीले खोटाङको न्यानो मायाको प्रशंसा गरे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य रामकुमार राई रहेका थिए । उनले उद्योग बाणिज्य संघ खोटाङको अधिवेशन सफलताको शुभकामना दिए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल,ओखलढुंगा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के,भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, खोटाङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजु लयालु,स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस