राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको माइतीघरमा धर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १५, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् । पुनले शुक्रवार आजदेखि काठमाण्डौको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु गर्नुभएको हो।

उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए। पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गरे । उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके देशको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस