८ घन्टापछि अरूणको पानी बाँध भरिएर निस्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख १७,संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदीको बाँध भरिएर निस्किएको छ। बाँध बनेपछि करिब २ किलोमिटरभन्दा बढिको ताल बनेको छ। अहिले तालबाट पानी निस्किरहेको छ। बाँध बनेको करिब ८ घन्टापछि भरिएर पानी निस्‍के पनि टनेल भने खुलेको छैन।

आइतबार बिहान टनेलबाट बाहिर पानी निस्कने ठाउँमा पहिरो खस्दा अरुण नदी थुनिएको थियो।

अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डार्भन्सन टनेलमार्फत् अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो ।

टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको प्रहरी प्रमुख गोदारले बताए । टनेल बन्द भएपछि १८ मिटर अग्लो बाँधमा पानी जम्मा भएको हो। बाँधका कारण करिब २ किलो मिटरभन्दा लामो ताल बन्नेको बनेको थियो। आयोजनाका कामदारलाई सुरक्षित स्थानमा सरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस