एक जना पक्राउ

गोंगबुको होटलमा महिलाको शव फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २४, सोमबार (१ हप्ता अघि)
  • १४१ पटक पढिएको
गोंगबुको होटलमा महिलाको शव फेला !

बैशाख २४, काठमाडौँ । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका २ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस