विद्युतीय चुरोट

विद्युतीय चुरोट भेप प्रतिबन्ध लगाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ९८ पटक पढिएको
विद्युतीय चुरोट भेप प्रतिबन्ध लगाइने

बैशाख २५, काठमाडौं । सरकारले विद्युतीय चुरोट भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस