प्राकृतिक बिपद्

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २६, बुधबार (१ हप्ता अघि)
  • ५८ पटक पढिएको
आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

बैशाख २६, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस