अनुदान

अबदेखि जुनसुकै विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
अबदेखि जुनसुकै विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

बैशाख २७, काठमाण्डौँ । अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिएका छन् । ललितपुरमा हिजो भएको कार्यक्रममा उनले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिए ।

#अनुदान #विपद्‌ #गृहमन्त्री

 

ताजा अपडेट

खोजी गर्नुहोस