अक्षय तृतीया

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

बैशाख २८, काठमाण्डौँ । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । ज्योतिषशास्त्रकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ ।

विवाह, गृहप्रवेश, पदभार ग्रहण, नयाँ सरसामान खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि आजको दिन अति उत्तम हुने विश्वास गरिन्छ । यसैबीच भक्तपुरको सिपाडोलमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज अक्षय तृतीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सबै तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस