माछापुच्छ्रे बैंकले कालीदेवी विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर

माछापुच्छ्रे बैंकले कालीदेवी विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर

बैशाख २८, धादिङ । माछापुच्छ्रे बैंक लिमिटेडको धादिङ्ग जिल्लास्थित सिम्ले शाखाले धुनिबेशी नगरपालिका वडा नं ६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्नसमेत र पाठ्यसामग्री अध्ययन गर्न ती सामग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस