दुर्घटना

भेरी नदीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ८८ पटक पढिएको
भेरी नदीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

बैशाख २८, काठमाण्डौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस