सबस्टेसन सञ्चालन

चितवन देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालन : भरतपुरको दक्षिण-पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ७९ पटक पढिएको
चितवन देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालन : भरतपुरको दक्षिण-पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार !

बैशाख २८, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३र११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो ।

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।
गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर रहेका छन् ।

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती,शिवनगर,फुलबारी, गितानगर, पटिहानी,सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ । उक्त क्षेत्रमा गाहस्र्थ ग्राहकका अतिरिक्त ठूलो सङ्ख्यामा सिंचाइ र होटलका ग्राहकहरु रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस