सेवा अवधि

नेपाल प्रहरीमा ३० वर्षे तत्काल नहट्ने : डीआइजीसहित ८९ प्रहरी विदा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १५, शनिबार (८ महिना अघि)
  • ६४ पटक पढिएको
नेपाल प्रहरीमा ३० वर्षे तत्काल नहट्ने : डीआइजीसहित ८९ प्रहरी विदा हुँदै

भाद्र १५, काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि तत्काल नहट्ने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्धय सारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश दिएको हो ।

रिट निवेदनमा अध्ययन नै गर्न नपाएको भन्दै प्रहरीका कानुन व्यवसायीले बहस बहिष्कार गरेका थिए । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका केही अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट हालेका थिए ।

#सेवा अवधि

ताजा अपडेट

खोजी गर्नुहोस