टी–२० क्रिकेट शृङ्खला

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ७२ पटक पढिएको
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट हुँदै

बैशाख २०,काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ ।

वेस्ट इन्डिज ‘ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल हिजो ७६ रनले पराजित भएको छ । यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस