इरानले दियो अमेरिकासँग बदला लिने धम्की, इरानको कोम शहरमा रातो झण्डा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २१, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । आफ्ना शीर्ष कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ । अमेरिकाको विरोधमा निकालिएको विशाल जुलुसपछि इरानको कोम शहरको मस्जिदमा रातो झण्डा फहराइएको छ । इरानी सभ्यतामा रातो झण्डा बदला र रगतको संकेत भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इरानले जनरलको हत्यापछि अमेरिकासँग बदला लिने धम्की दिएको थियो । इरानको धम्कीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले आक्रमण गरे आफूले इरानलाई समाप्त पारिदिने चेतावनी दिएका छन् । यो आक्रमणमा अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने र त्यो इरानले झेल्न पनि नसक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा इरानी नागरिकले यसरी झण्डा राखिएको पहिलोपटक भएको पनि उल्लेख गरेका छन् । इरानमा अमेरिकासँग बदला लिनुपर्ने माग गरी लाखौं व्यक्तिले प्रदर्शन गरेका छन् । उनीहरूले ‘अमेरिका शैतान हो’ भन्ने नारा लगाएका छन् ।
आइतवार सुलेमानीको शव बगदादबाट इरान ल्याइएको थियो । सुलेमानीको अन्तिम यात्रामा अत्यधिक व्यक्ति सहभागी थिए । सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावासबाट इरानले ५२ अमेरिकीलाई बन्दी बनाएको थियो । ती बन्दीलाई छुटाउन अमेरिकालाई निकै कठिनाइ भएको थियो । त्यसकै बदलामा ट्रम्पले पनि ५२ ठाउँमा आक्रमण गरिने शब्द प्रयोग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस