पौष २३, काठमाण्डौँ । इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको जनाईएको छ । मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिदा ४० जनाको ज्यान गएपछि स्थगीत गरिएको थियो ।
अमेरिकी संचार माध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदैं इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको छ ।
फोटो : फाईल