पौष २३ । इरानमा बोइङ ७३७ युक्रेनी जहाज दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको जनाईएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो ।
उडान भरेको तीन मिनेटमै विमान दुर्घटना भएको हो । जहाजमा १८० यात्रु सवार रहेको प्रारम्भिक सूचना दिइएको भए पनि पछिल्लो समय १६७ जना रहेको र सबैको मृत्यु भएको जनाइएको छ ।
यकिन तथ्यांक नआए पनि सवार सबैको ज्यान गएको बताइएको छ । उड्डयन विभागको एक टिम तुरुन्तै घटनास्थलमा गएको इरानी फोर्स न्यूज एजेन्सीले जनाएको छ ।
यो दुर्घटनाको घटना रहस्यमयी बनेको छ । इरानी संचारमाध्यमहरुले प्राविधिक गढबडी भनिरहेका छन् भने विदेशी संचारमाध्यमहरुले अमेरिका इरान तनावको रुप भएको हुन सक्ने आशंका गरेका छन् । एयरलाइन्सले अहिलेसम्म कुनै पनि बयान जारी गरेको छैन । यो दुर्घटना कसरी भयो भन्ने खुलेको छैन ।