युक्रेनी यात्रुबाहक जेट विमान ईरानले खसालेको पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाण्डौ । ईरानले युक्रेनी यात्रुबाहक जेट विमान खसालेको स्विकार गरेको छ । ‘भुलबस’ युक्रेनी यात्रुबाहक जेट विमान खसालिएको उसले स्विकार गरेको हो । इरानका राष्ट्रपति हसन रुहानीले ट्वीटर मार्फत् ‘मानवीय त्रुटि’ का कारण युक्रेनी विमान क्षेप्यास्त्रले खसालिएको स्विकार गरेका छन् ।

‘युक्रेनी विमान मानवीय त्रुटिका कारण मिसाइल प्रहारबाट भयानक दुर्घटनामा परेको र १७६ जना निर्दोष मानिसको ज्यान गएको सेनाको आन्तरिक अनुसन्धानले निष्कर्ष निकालेको छ’, उनले लेखेका छन्, ‘यति भयानक विपत्ति र अक्षम्य गल्तीको दोषी पत्ता लगाउन अनुसन्धान जारी रहनेछ ।’

शुक्रबार इरानी मिसाइल प्रहारबाट विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सम्प्रेसित समाचारको इरानले खण्डन गरेको थियो । त्यसको एकदिन नबित्दै शनिबार इरानले उक्त आरोप स्विकार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस