भारतीय जनता पार्टीले नयाँ दिल्लीका जनतामा दिईएको सुबिधाको बिरोध गरेको छ । नयाँ दिल्लीमा फ्रि वाईफाई, शिक्षा, स्वास्थ्य, खानेपानी, बस सेवा लगायतको बिरोध गरेको हो । भारत नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो फेसबुकमा स्टाटस राख्दै भाजपाले उक्त बिकासको बिरोध गरेको उल्लेख गरेका हुन् ।
उनले भ्रष्टचारी हुनबाट जोगाएका रकमबाट नै उक्त सुबिधा दिईएको बताउँदै यस कार्यको बिरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गरेका छन् । उनले भारतिय जनता पार्टीलाई प्रश्न गर्दै पैसा लुटेर, चोरेर खान ठिक कि ? यसलाई बचाएर जनतामा सुबिधा दिन ठिक भनेर प्रश्न पनि गरेका छन् ।
हेर्नुहोस् उनको स्टाटस :
“क्या जनता का पैसा चोरी करना ठीक है या चोरी बंद करके उस पैसे से जनता को फ़्री सुविधाएँ देना ठीक है?”-