नेपालका लागि भारतीय नयाँ राजदूतमा विनयमोहन क्वात्रा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । नेपालका लागि भारतीय नयाँ राजदूतमा विनयमोहन क्वात्रा आउने भएका छन् । उनलाई भारत सरकारले नेपाल पठाउने तयारी गरेको हो । १९८८ मा भारतको परराष्ट्रसेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए । उनी हाल फ्रान्सका लागि भारतीय राजदूत हुन् । यस्तै अमेरिकाका लागि भारतीय राजदूतमा भने तरनजीत सिंह सन्धूलाई पठाउने तयारी गरेको छ । हाल श्रीलंकाका लागि भारतीय उच्चायुक्त रहेका उनी विदेशमन्त्री एस जयशंकरका प्रिय मानिन्छन् ।

विनयमोहन क्वात्रा को हुन् ?

नेपालका लागि भारतीय राजदूतमा चयन भएका विनयमोहन क्वात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञका रुपमा चिनिन्छन् । सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस)मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए । फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ । विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका उनले सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा दक्षिण अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए ।

सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए । सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए । सन् २०१० देखि २०१३ सम्म उनी संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत थिए । उनी सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए । त्यहाँ रहँदा उनले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए । सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा उनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस