माघ २८, काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा आम आदमी पार्टी (आप) ले दिल्ली विधानसभा निर्वाचनमा तेस्रोपटक विजय हासिल गरेर सरकार बनाउने निश्चित भएको छ ।
केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीको चर्को चुनावी अभियानलाई निस्तेज पार्दै केजरीवालले विगत पाँच वर्षमा आप सरकारले हासिल गरेका उपलब्धिलाई अघि सारे । भाजपाले नागरिकता संशोधन ऐनमाथि भइरहेको विरोधलाई ‘शाहीन बाग विरुद्ध सबै’का रूपमा प्रस्तुत गरेर मतविभाजनको कोशिश गरेको भए पनि उसको रणनीति विफल रह्यो ।
मतपरिणाममा आपले ६३ सीट जितेको अनि भाजपाले सात सीट जितेको देखिन्छ । कांग्रेस भने दिल्लीबाट पत्तासाफ भएको छ । दिल्ली विधानसभामा कुल ७० सीट छन् ।