टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २, आईतबार (८ महिना अघि)
  • ६८ पटक पढिएको
टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट !

भाद्र २,काठमाडौँ । टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफल गर्दा संसदमा सांसदहरूबीच कुटाकुट भएको हो ।

वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका सदस्य अल्पे ओजालानले थप्पड हान्न खोजेपछि विवाद शुरु भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा खसेपछि अवस्था तनावग्रस्त भएको छ ।

अधिवक्ता तथा मानव अधिकारकर्मी केइन अटालेले यस वर्षको शुरुमा भएको चुनाव हारेका थिए । सांसद सिकले सत्तारुढ एक पार्टीका सांसदको आक्रमण धाँधलीका कारण अटालेले चुनाव हारेको बताएपछि आजको विवाद शुरु भएको बीबीसी हिन्दीले जनाएको छ । केइन अटालेलाई २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो, त्यसपछि उनले जेलबाटै चुनावमा उम्मेदवारी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस