असोज ११, काठमाडौँ । श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपति चुनिएका छन् ।
५५ वर्षीय दिसानायके नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनका प्रमुख हुन । निर्वाचनबाट विजयी घोषणा भएपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको नभई हजारौं जनताको भएको बताएका छन । पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो । पहिलो चरणको मतगणनामा दिसानायकेले ४२.३१ प्रतिशत र उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो चरणको मतगणनाबाट दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ गरेको हो ।