मंसिर १८, काठमाडौं । आर्इएमई ग्रुपको ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आर्इएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथै सिभिल बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यू आर काेडमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।