वैशाख ३०, काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा खेल १स्५० बजेबाट सुरु हुनेछ ।
नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ । हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा भने नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको थियो ।
हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ । उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो । यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ ।
पराजित भए लगभग सम्भावना सकिने छ । त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन ।