वैशाख ३०, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।